newskoseli.Com

नेपाल टेलिभिजन, रेडियो र गोरखापत्रबारे अध्ययन गर्न समिति

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन गर्न दुई समिति गठन गरेको छ ।

ती संस्थाका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् । गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्ने समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहेका छन् । समितिलाई एक महिनाको समय दिइएको छ ।

यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न गठित समितिको संयोजकमा रघु मैनाली, सदस्यमा तपनाथ शुक्ल, यादव चापागाईं र धरणीधर अधिकारी सदस्य रहेका छन् । समितिको कार्यावधि एक महिना १५ दिन तोकिएको छ ।

समितिले अध्ययन तथा छानबिन गरी पेश गर्ने प्रतिवेदनको कार्यान्वयनबाट ती संस्थाको सुधारमा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर