newskoseli.Com

फोरमबाट थपिए २ मन्त्री, उपेन्द्रले सम्हाले स्वास्थ्य मन्त्रालय

 

संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय र मोहम्मद इस्तियाक राइनले सहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त गरेकी छन् । साँझ ५ बजे शीतलनिवासमा उनीहरुको सपथ हुँदैछ ।

केही दिन अघि मात्रै नेकपाका अध्यक्षद्वय र फोरम अध्यक्षबीच संविधान संशोधन गर्ने फोरमलाई सरकारमा सहभागी गराउनेबारे दुई बुँदे सहमतिभमा हस्ताक्षर भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर