newskoseli.Com

उच्च प्रहरी अधिकृत नै समातिएपछि सुन तस्करीको नयाँ रुट…

 

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा संलग्नहरू पक्राउ परेपछि संगठित सुन तस्कर गिरोहले वैकल्पिक मार्ग प्रयोग गरेको छ ।

नेपालमा उच्च तहका प्रहरी अधिकृत नै समातिएपछि र पछिल्लो समय सीमा क्षेत्रमा समेत कडाइ थालिएपछि अन्तरदेशीय गिरोहले चीन–भारत व्यापारका लागि १२ वर्षअघि सञ्चालनमा आएको सिक्किमको नाथुला मार्ग प्रयोग गरेको हो । भारत, सिलिगुडीमा शुक्रबार बरामद ३२ किलो सुन नाथुला हुँदै चीनबाट भित्रिएको भारतको केन्द्रीय राजस्व गुप्तचर विभागले दाबी गरेको छ ।

भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार सुनसहित प्रवीण समराव फदम, धनाजी साहेव राव बाबर र अक्षय हरिदास पक्राउ परेका छन् । तस्करीमा संलग्न तीनै जना महाराष्ट्रका बासिन्दा हुन् ।

कम्मरमा बाँधिएको विशेष किसिमको पेटीभित्र सुन लुकाएर उनीहरूले महाराष्ट्र लैजान लागेका थिए । भारतीय गुप्तचर विभागको दाबी अनुसार तस्करले विगतमा नेपाल हुँदै सुन भारत पुर्‍याउँथे तर नेपाल सरकारले कडाइ गरेपछि वैकल्पिक मार्ग रोजेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर