newskoseli.Com

नेविसंघको आगजनी : राजधानीमै सरकारी गाडी खरानी…

 

नेपाली कांग्रेसका नेताहरूले आफ्नो पार्टी बन्द–हड्ताल, तोडफोड र चक्काजामतिर नलाग्ने सार्वजनिक अभिव्यक्ति पटक–पटक जाहेर गरिरहेका बेला सो पार्टीको भ्रातृसंगठनले भने राजधानीमा आगजनीसहितका उग्र गतिविधि तेज पारेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिट्टी जुलुस निकाल्ने क्रममा ‘आन्दोलनका बेला चलाएको’ आरोपमा आइतबार राजधानीमै सरकारी गाडीमा आगो लगाइदिएका छन् ।

नयाँ बानेश्वरस्थित शंखमूलनजिकै सडकमा नेविसंघ कार्यकर्ताहरुले बा १ झ ८८१८ नम्बरको गाडीमा आगो लगाइदिएका हुन् । गाडीमा लागेको आगो प्रहरीले केही समयपछि निभाए पनि गाडी भने पूर्ण रुपले ध्वस्त भएको छ । उक्त गाडी कुन कार्यालयको हो भन्ने खुलेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर