newskoseli.Com

अवैध यार्सागुम्बासहित चार पक्राउ

 

अवैध रुपमा ल्याइएको यार्सागुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकार्इ ल्याएको ८१० ग्राम यार्सागुम्बासहित गोसाइँकुण्ड गाउँपालिका– १, रसुवाका इमान घले, सूर्यबहादुर घले र जिल घले तथा नौकुण्ड गाउँपालिका– २ का मंगल तामाङलाई पक्राउ गरिएको हो ।

अभियुक्त चारै जनालाई कारबाहीका लागि मंलगबारै लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाइएको छ । बरामद गरिएको यार्सागुम्बाको मूल्य खुलाइएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर