newskoseli.Com

हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरूको भेला, त्यहीं बोलाइयो केन्द्रीय समिति बैठक

 

विपक्षी दल नेपाली कांग्रेसले मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । हेटौंडामै मंगलबारदेखि जिल्ला सभापतिहरुको भेला सुरू हुनुपूर्व सोमबार अपराह्न केन्द्रीय समितिको बैठक डाकिएको हो ।

समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठन सुधार र प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नेलगायतका विषयमा बैठक केन्द्रित रहने जानकारी कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् । मुख्यतः केन्द्रीय समितिको यो बैठक जिल्ला सभापतिहरुको भेलाकै विषयमा केन्द्रित हुने बताइएको छ ।

हालैको निर्वाचनमा कांग्रेसले व्यहोर्नुपरेको पराजयलगायतका विषयमा समेत बैठकमा छलफल हुनेछ । महाधिवेशनको दुई वर्ष बितिसक्दा समेत सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुको मनोनयन तथा विभागहरु गठन गर्न नसकेकामा समेत व्यापक आलोचना हुँदै आएको छ । केही सदस्यहरुले हेटौंडामा समेत यस विषयमा कुरा उठाउने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर