newskoseli.Com

अब सबै विद्यालय र स्थानीय तहमा इन्टरनेट पुर्‍याइने

आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ ।

आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । नेपालका १ सय ५० भन्दा बढी गाउँपालिकामा इन्टरनेट सेवाको अभावमा बैंकहरू सञ्चालनमा आउन नसकेको सरकारी तथ्यांक छ ।

सुशासन र समृद्धिको संकल्पलाई अघि बढाउन पनि सबै स्थानीय तहमा तत्काल इन्टरनेटको व्यवस्था गर्न लागिएको मन्त्री बाँस्कोटाले प्रष्ट्याएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले देशभरका सबै सामुदायिक विद्यालयहरूमा समेत आगामी आर्थिक वर्षभित्रै इन्टरनेट सेवा सञ्चालनमा ल्याइसकिने तयारी गरिएको जानकारी दिएका हुन् ।

नयाँ पुस्तालाई प्रविधिको पहुँचमा पुर्‍याउन सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा सञ्चालन गर्नुको विकल्प नरहेको मन्त्री बाँस्कोटाले बताए । नेपालमा रहेका २९ हजार सामुदायिक विद्यालयमध्ये अहिलेसम्म ८ हजार विद्यालयमा मात्रै इन्टरनेट सेवा उपलब्ध छ ।

सरकारसँग पर्याप्त स्रोत–साधनको व्यवस्था नभए पनि यथेष्ट सहयोगी हातहरु रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर