newskoseli.Com

सुरुङ खन्दाखन्दै पुरिएका ४ मजदुरको ३८ घन्टापछि जीवितै उद्धार

 

अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खसेको पहिरोमा शुक्रबार रातिदेखि पुरिएका चार मजदुरलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पुरिएको ३८ घन्टापछि उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । शुक्रबार राति पौने ९ बजे संखुवासभास्थित मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ढिस्कोे झरेको थियो । ढिस्को खस्दा कालीकोट सिउना गाउँपालिका– ४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका– १ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्दकिशोर पुरिएकामा थिए ।

निरन्तर झरी परिरहेकाले कठनिाईका बाबजुद स्काभेटर र डोजरको सहायतामा उनीहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर