newskoseli.Com

वृद्धभत्ता २ हजार पुर्‍याउने सरकारकाे तयारी

भूकम्पले घर भत्काएपछि भग्नावसेसमा बसेर टाेलाउदै धादिङ जीवनपुरका दुर्गा पाण्डे र हेमकुमारी पाण्डे । तस्बिरः माेहन प्रसाद मैनाली

सरकारले वृद्धहरूलार्इ मासिक दिँदै अाएकाे भत्ता बढाउने लगभग निश्चत भएकाे  छ । आर्थिक वर्ष २०७३/ ७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउने  तयारी गरेकाे एक उच्चस्राेतकाे दावी छ । हाल सामाजिक सुरक्षा भत्तावापत वृद्धवृद्धाले मासिक १ हजार रुपैयाँ पाउँदै आएका छन् ।

गत आर्थिक वर्षमा सरकारले वृद्ध भत्ता ५ सयबाट बढाएर १ हजार रुपैयाँ बनाएको थियो। अब यसलार्इ शत् प्रतिशत बढाएर रू. २ हजार पुर्‍याउने अर्थमन्त्रालयका एक अधिकारीले न्युजकाेशेलीलार्इ जानकारी दिएका छन् । वृद्ध तथा जेष्ठ नागरिकका लागि भत्ता वृद्धि लगायतका माग राखि ५/६ वर्ष अघिदेखि जेष्ठ नागरिकहरूले अान्दाेलन गर्दै अाइरहेका छन् । जेष्ठ नागरिक हकहितमा अान्दाेलनका क्रममा केही वृद्धकाे निधन पनि भइसकेकाे छ ।

२०५१ सालमा तत्कालिन प्रधानमन्त्रि मनमोहन अधिकारीकाे सरकारले मासिक रू. २ सय वृद्धभत्ता दिन शुरू गरिएकाे थियाे । समयसमयमा याे रकम बढेर अहिले १ हजार दिइदै अाएकाे छ । सरकारले अार्थिक वर्ष २०७३/०७४ काे बजेट जेठ १५ गते सार्वजनिक गर्दैछ । हरेक अार्थिक वर्षकाे बजेट जेठ १५ गते ल्याउनु पर्ने नेपालकाे संविधानमा व्यवस्था छ । यसअघिका बजेट असारकाे अन्तिममा प्रस्तुत गरिने गरिन्थ्याे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर