newskoseli.Com

ओली चीन भ्रमणमा : तीन नेताले पाए ‘कार्यवाहक’ को जिम्मेवारी

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चीनतर्फ लाग्नुअघि ओलीले तीन नेतालाई ‘कार्यवाहक’ को जिम्मेवारी समेत तोकेका छन् ।

दुई अध्यक्ष रहेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत यसै बेला पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेका कारण पार्टीमा कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपालले पाएका छन् । नेता नेपाल यतिबेला पार्टीको तेस्रो वरीयतामा छन् ।

त्यसैगरी, प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रदान गरेका छन् भने नेकपा संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी दलका उपनेता सुवासचन्द्र नेम्बाङले पाएका छन् । यी तीनै नेता पूर्वएमालेबाट आलको नेकपामा एकताबद्ध भएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर