newskoseli.Com

जेसीबी (एक्स्काभेटर) बोकेको ट्रक सप्तकोशीमा खस्यो, २ को मृत्यु, ७ को उद्धार

 

जेसीबी (एक्स्काभेटर) बोकेको ट्रक सप्तकोशीमा खस्दा दुई जनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकैबाट नम्बर नखुलेको ट्रक पुलबाट नदीमा खसेको हो ।

लोड बढी भएका कारण ट्रक खसेको बताइएको छ । प्रहरीले घटनास्थलबाट २ वटा शव फेला परेको छ भने ७ जनाको उद्धार गरेको छ । उद्धार गरिएका घाइतेहरुलाई उपचारका लागि इनरुवास्थित जिल्ला अस्पताल र विराटनगर लगिएको सुनसरी प्रहरीले जनाएको छ ।

ब्यारेजको १९–२० नम्बरको ढोकानजिक ठूलो खाडल भएका कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । ब्यारेज मर्मतका लागि खटिएका कर्मचारी समेत घाइते भएका छन् । ट्रकले ठक्कर दिँदा उनीहरु कोशीमा झरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर