newskoseli.Com

विमानस्थलबाटै फर्काइए कुवेत जान लागेका ५ महिला

 

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ ।

कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । ‘विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो’– उनले भने ।

‘वैभव’ नामक म्यानपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिस्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’ का लागि श्रम स्वीकृति दिइएको छ । उनीहरुलाई बिहान ८ः३० मा विमानस्थलबाट फिर्ता पठाइएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर