newskoseli.Com

विवेकशील साझाका नेता–कार्यकर्ता निषेधित क्षेत्र तोड्दा पक्राउ

 

सरकारले घोषणा गरेको निषेधित क्षेत्रलाई ‘गैरलोकतान्त्रिक’ भन्दै बलजफ्ती गर्न प्रयास गरेका उज्वल थापा–रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा नामक दलका नेता–कार्यकर्ता पक्राउ परेका छन् ।

चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै शनिबार राजधानीको माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको हो । विवेकशील साझाका संयोजक उज्वल थापा, अधिवक्ता डा. सुरेन्द्र भण्डारी, शशीविक्रम कार्कीलगायतका १० जना पक्राउ परेको विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छज् ।

राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको संयोजक मिश्रले विरोध प्रदर्शन कार्यक्रममा बताए । ‘प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरु सामान्य बिरामी हुँदा पनि राज्यको ढुकुटीबाट उपचार गर्न विदेश जान्छन् तर हुम्ला र जुम्लाका जनताले पैसा तिरेर पनि उपचार गर्न पाइरहेका छैनन्’– संयोजक मिश्रले भने ।

गृह मन्त्रालयले निषेधित क्षेत्र तोकेर गैरकानुनी काम गरको जिकिर अधिवक्ता ओम प्रकाश अर्यालले गरे । गोविन्द केसीको अभियान रोक्नकै लागि सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर