newskoseli.Com

सर्वोच्चले प्रचण्डलाई भन्यो तीन दिनभित्र अदालत हाजिर होऊ

सर्वोच्च अदालतले अदालतको अपहेलनासम्वन्धी मुद्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई तीन दिन भित्र अदालतमा हाजिर हुन आदेश दिएको छ ।

प्रचण्डले सशस्त्र द्वन्द्वकालीन मुद्धामा अदालतले आफ्ना पार्टीका नेताहरुलाई फसाउने खोजेको भनेको र यसले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार कामु प्रधानन्यायाधीश सुशील कार्कीको इजलासले प्रचण्डलाई अदालतमा हाजिर हुन आदेश दिएको हो । अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर