नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि असार २ मा बसेदेखि नेकपाका कुनै औपचारिक बैठक बसेको छैन ।
नेकपा केन्द्रीय कार्यालयले जनाए अनुसार बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको सचिवालय बैठक बस्ने छ । बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, चर्को विवादमा रहेको चिकित्सा शिक्षा विधेयक, नेताहरुको कार्यविभाजन, संसदीय समितिको गठनलगायतबारे छलफल हुने भएको छ ।