newskoseli.Com

बिहानै जिप दुर्घटना : २ को मृत्यु, ३ को अवस्था गम्भीर

 

बुधबार बिहानै ओखलढुंगामा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ३ जना गम्भीर घाइते भएका छन् । सुनकोशी गाउँपालिकाको मूलखर्क भन्ने स्थानबाट सदरमुकाम जान गुडेको वा १५ च ८८४३ नम्बरको जिप च्यानमस्थित भालदिप भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटना भएको जिप सडकबाट करिव ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिएका छन् । अध्यक्ष अधिकारीका घाइतेहरुको उद्धार गरी उपचारका लागि ओखलढुङ्गा अस्पताल पठाइएको छ ।

दुर्घटनाका क्रममा एक जनाको घटनास्थलमै र अर्का एक जनाको उपचारका लागि ओखलढुङ्गातर्फ लैजाँदा बाटोमा निधन भएको हो । दुर्घटनाका घाइते तीनै जनालाई सोब्रुस्थित सामुदायिक अस्पतालमा पुर्‍याइएको छ । घाइते सबैको अवस्था गम्भीर छ । मृतक दुवै जनाको सनाखत हुन सकेको छैन ।

जिप रोकिराखेर धेरैजसो यात्रु खाजा खान निस्केका बेला जिप आफैं गुडेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जिपका चालक सम्पर्कविहीन भएका छन् ।

घटनाबारे जानकारी पाउनासाथ इन्स्पेक्टरको नेतृत्वमा घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताएका छन् । घटनास्थल पुगेर प्रहरीले अवलोकन गरेपछि मात्रै विस्तृत जानकारी दिन सकिने शर्माले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर