newskoseli.Com

गृहमन्त्रीको ‘प्रष्टीकरण’ : जनताका क्रियाकलाप प्रभावित नहोऊन् भनेर निषेधाज्ञा… !

 

जनताका क्रियाकलापहरु प्रभावित नहोऊन् भन्ने हेतुले सरकारले ‘अति संवेदनशील’ केही स्थानमा निषेधाज्ञा जारी गरेको ‘प्रष्टीकरण’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएका छन् ।

राष्ट्रियसभाको बुधबारको दोस्रो बैठकमा बोल्दै मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्री बादलले बताए । विगतमा भएका सम्झौतालाई नै आधार मानेर विधेयक सामान्य प्रक्रियाबाट ल्याउने प्रयास भइरहेको बताउँदै सरकारले अदालतको निर्णयलाई अवज्ञा नगर्ने पनि उनले बताए ।

सामाजिक विकृति र विसंगतिका रुपमा रहेको छाउपडीलगायतका कुप्रथाको अन्त्य गर्न सामाजिक जागरणको अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । ‘मुलुकमा भएको अविरल वर्षापछि आएको बाढी–पहिरोबाट जनधनको क्षति भएको छ, तराईमा डुबान हुँदैछ, यही असार १५ यता हालसम्म झन्डै दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, १५ जनाभन्दा बढी मानिस बेपत्ता छन्’– गृहमन्त्री थापाले भने ।

‘विपत् न्यूनीकरणका लागि सदनमा उठिरहेको आवाज, राहत र उद्धारका कार्यक्रमलाई सम्बोधन गर्न सरकार सचेत र जागरुक रहेको छ,’ उनले भने– ‘प्राकृतिक प्रकोपका घटनामा परेर कमभन्दा कम क्षति होस् भन्नेतिर सरकारको पर्याप्त ध्यान रहेको छ ।’

द्वन्द्वपीडितका बारेमा उठिरहेका प्रश्नलाई समाधान गर्न राहत वितरण गर्ने र सबै समस्या दीर्घकालीन ढंगबाट समाधान होऊन् भन्ने हिसाबले गृहकार्य भइरहेको गृहमन्त्री थापाले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर