newskoseli.Com

युवा–युवती ‘आपत्तिजनक अवस्था’ मा बाख्राको खोरमा : पोल खुल्ने डरले बालिकाको हत्या !

 

तेमाल गाउँपालिका– १, आधाबाटोमा बालिका हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार सोही स्थानकी अन्दाजी ९–१० वर्षीया बालिका एलिसा तामाङलाई बुधबार राति कुटपिट गरी हत्या गरेर घरनजिकै फालेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन मन्सुरी र हत्यास्थलकै स्थानीय युवती मिना तामाङ रहेका छन् । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय मन्सुरी र एलिसाकी २१ वर्षीया फुपू मिना तामाङलाई ‘आपत्तिजनक अवस्था’ मा एलिसाले बाख्राको खोरमा भेटेकी थिइन् । सोही कुराको पोल खुल्ने डरले जोखन र मिना मिलेर एलिसाको हत्या गरेको प्रहरी भनाइ छ ।

बालिका हत्यामा संलग्न जोखन र मिनालाई आक्रोशित भिडले कुटपिट गरी घाइते बनाएको थियो । घाइते दुवैको प्रहरीकै नियन्त्रणमा धुलिखेलस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमाथि आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको प्रहरीले जनाएको छ । मन्सुरी ९ महिनादेखि काभ्रेको सोही ठाउँमा निर्माण मजदुरका रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर