newskoseli.Com

माओवादी नेता लोहनीलाई मातृशोक, महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीको केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज गुणराज लोहनी ‘मुकुन्द’ लाई मातृशोक परेको छ ।

चर्चित लेखक एवं स्तम्भकार समेत रहेका लोहनीकी आमा विष्णुदेवी लोहनीको बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेरमा निधन भएको हो ।

विष्णुमायाको निधनप्रति नेकपाका महासचिव विप्लवले विज्ञप्ति प्रकाशित गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ– ‘आमा विष्णुमाया लोहनीको निधनले हाम्रो पार्टीलाई धेरै नै मर्माहत बनाएको छ । हाम्रो गौरवशाली पार्टी ममतामयी आमा विष्णुदेवी लोहनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’

महासचिव विप्लवको विज्ञप्तिमा अगाडि उल्लिखित छ– ‘नेपालको कम्युनिस्ट आन्दोलनमा निरन्तर लामबद्ध सङ्घर्षशील बौद्धिक योद्धा कमरेड मुकुन्दलाई जन्म दिने ममतामयी आमाको दुःखद् निधनले कमरेड मुकुन्दलगायत सम्पूर्ण लोहनी परिवारमा परेको शोकप्रति हाम्रो पार्टी हार्दिक समवेदना प्रकट गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर