newskoseli.Com

सशस्त्रका पाँच एआर्इजीले गरे राजीनामा

सशस्त्र प्रहरी बलका ५ अतिरिक्त प्रहरी महानिरीक्षक (एआर्इजी) ले बिहीबार राजीनामा दिएका छन् । जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा दिएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयले जनाएको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको भोलिपल्टै उनीहरूले राजीनामा दिएका हुन् । यद्यपि उनीहरुले राजीनामाको कारण खुलाएका छैनन् ।

सरकारले यसअघि नै सशस्त्रका एआर्इजीको पदसंख्या कटौती गरिसकेको थियो । र, पद कटौतीपछि उनीहरू जिम्मेवारीविहीन भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर