newskoseli.Com

ट्रिपरको ठक्करबाट राजधानीमै मोटरसाइकल यात्री ठहरै

 

ट्रिपरको ठक्करबाट मंगलबार राजधानीमै एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ८७२५ नम्बरको ट्रिपरले जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा सल्लाघारी, भक्तपुरका रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै दिशाबाट कोटेश्वरतर्फ आउँदै गरेको बा. ८५ प ७१६ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिएको हो । उक्त मोटरसाइकलका चालक सल्लाघारी, भक्तपुरकै १८ वर्षीय अमन ढुंगेल भने घाइते भएका छन् ।

मृतक सुवेदी चाहिँ मोटरसाइकलको पछाडि चढेको प्रहरीले जनाएको छ । बायाँ खुट्टामा चोट लागेका मोटरसाइकल चालक ढुंगेलको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । धार्के गाउँपालिका, धादिङ स्थायी ठेगाना भएका ट्रिपर चालक हरिशरण राईसहित ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर