newskoseli.Com

राष्ट्रपति भण्डारीसँग फ्रान्सका राजदूतको विदाई भेट

 

नेपालका लागि फ्रान्सका राजदूत Mr. Yves CARMONA ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा शुक्रबार राष्ट्रपति–राजदूतबीच विदाई भेट भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले दिएको जानकारी अनुसार सो अवसरमा फ्रान्स र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो ।

भेटका अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु एवम् नेपालस्थित फ्रान्स राजदूतावासका अधिकारी पनि उपस्थित थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर