newskoseli.Com

जिप दुर्घटनामा ५ काे मृत्यु, ८ घाइते

 

पाँचपोखरी थाङपाल गाउँपालिका– ४, सल्ले डाँडास्थित कच्ची सडकमा बिहीबार लु १ ख ९९९ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै ८ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सोही गाउँपालिका– ३ बस्ने ५३ वर्षीया नानी तामाङ, ६० वर्षीया जयरानी तामाङ र ६५ वर्षीय भीमबहादुर तामाङको घटनास्थललमै र ५६ वर्षीया पोदोम तामाङको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै तथा २५ वर्षीया सुनमाया तामाङको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ८ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर