newskoseli.Com

फेरियो ‘कान्तिपुर’ को नेतृत्व : वाग्ले फेरि प्रधान सम्पादक

 

कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित ‘कान्तिपुर’ दैनिक र ‘नेपाल’ साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्ले नियुक्त भएका छन् ।

यस अघिका प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी गराउँदै शुक्रबार पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले वाग्लेलाई प्रधान सम्पादक नियुक्त गरिएको जानकारी दिएका हुन् ।

स्थापनाकालदेखि नै ‘कान्तिपुर’ सँग आवद्ध वाग्ले सन् २००८ मा ‘कान्तिपुर’ छाड्नुभन्दा पाँच वर्ष अघिदेखि त्यस दैनिकको प्रधान सम्पादक नै थिए । ‘विविध कारणले उहाँ दस वर्षअघि यो हाउसबाट अलग हुनु भएको थियो,’ सिरोहियाले भने– ‘उहाँको अनुभव, इमानदारिता र व्यावसायिकताका कारण हामीले उहाँलाई फेरि फर्काएका छौं, उहाँको नेतृत्वमा कान्तिपुरले थप उचाई लिनेछ।’

नवनियुक्त प्रधान सम्पादक वाग्लेले आफू टिममा विश्वास गर्ने उल्लेख गर्दै भविष्यमा ‘कान्तिपुर’ र पत्रकारितालाई थप उचाईमा पुर्‍याउन सबैलाई साथ लिएर काम गर्ने बताए । ‘मैले लामो समय यही हाउसमा पत्रकारिता गरें, छाडेर बाहिर रहें, यस बीचमा मैले सँगालेको अनुभव र सिकेको सिपलाई प्रयोग गर्नेछु’– वाग्लेले भने ।

वाग्लेको उत्तराधिकारीका रुपमा विगत दस वर्ष ‘कान्तिपुर’ दैनिकको समाचार कक्षलाई नेतृत्व गरेको र फेरि वाग्लेलाई नै आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा खुशी लागेको पूर्वप्रधान सम्पादक सुधीर शर्माले बताए । ‘उहाँ सक्षम र अनुभवी हुनुहुन्छ,’ वाग्लेले भने– ‘आफ्नो खारिएको अनुभव र योग्यताबाट उहाँले कान्तिपुरलाई थप उचाईमा पुर्‍याउनेमा म विश्वस्त छु ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर