newskoseli.Com

खोला–नदी आसपासका बासिन्दा सतर्क रहनोस् : मौसम विभाग

 

जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार काठमाडौंको धोवीखोला, बागमती, शालीनदी, मनोहरालगायतका नदी क्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा सुरु भएको भन्दै शिवपुरी, सुन्दरीजल, साँखुलगायतको क्षेत्रमा समेत वर्षा सुरु भएको विभागले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर