newskoseli.Com

एकै परिवारका ४ जनाले सेती नदीमा हाम फाले, १ को जीवितै उद्धार, ३ को अवस्था अज्ञात

 

आदर्श गाउँपालिका– ४, डोटीका बमबहादुर बोहराकी श्रीमती धौली बोहरासहित दुई छोरा र एक छोरीले सेती नदीमा हाम फालेको घटना हालै सार्वजनिक भएको छ ।

साविक महादेवस्थान– ५ मा पर्ने देहीमाण्डौका स्थायी बासिन्दा बोहराकी २८ वर्षिया श्रीमती धौली, १२ वर्षिया छोरी राधिका, ८ वर्षिय छोरा सुरेन्द्र र ६ वर्षिय छोरा सुनिलले सामूहिक रुपमा सेती नदीमा हाम फालेको आदर्श गाउँपालिका– ४ का अध्यक्ष नारायण पछेराले बताएका छन् ।

६ वर्षका सुनिललाई माछा मार्दै गरेका एक व्यक्तिले उद्धार गरी बताएका छन् भने बाँकी तीन जनाको खोजी जारी छ । घटना साउन १ गते साँझको भए पनि ढिलो गरी साउन ३ गते साँझ मात्र प्रहरीलाई जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जनाएका छन् ।

वडा अध्यक्ष पछेराका अनुसार केही समयदेखि ती महिलाको मानसिक अवस्था ठीक थिएन । भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको १५ दिन मात्र भएको थियो । घटनाको अनुसन्धान र बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डोटीको तलारा क्षेत्रमा पर्ने घटनास्थल पुग्न बोहराको घरबाट ४ घन्टा पैदल हिँड्नुपर्छ । शनिबार बिहान मात्र धौलीका श्रीमानसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाबारे विस्तृत जानकारी दिन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर