newskoseli.Com

वागमतीमा बगेर २ युवक बेपत्ता, १ पौडेर बाँचे

 

पूर्वी रौतहटस्थित चन्द्रपुर नगरपालिका– १ मा वागमती नदीमा पौडी खेल्न गएका दुई युवक बेपत्ता भएका छन् ।

लालबन्दी नगरपालिका– १७, सर्लाही, रानीगञ्जबाट रौतहटको नुनथरमा पौडी खेल्न आएका ३ जनामध्ये दुई जना आइतबार दिउँसो करिव ४ बजे वागमतीमा बगेर बेपत्ता भएका हुन् ।

उनीहरु नुनथर मन्दिरसँगैको बागमतीमा पौडी खेल्ने क्रमममा २२ वर्षका सञ्जय बस्नेत र राजन ब्लोन बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

उनीहरुसँगै पौडी खेलेका राम श्रेष्ठ भने पौडेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर