newskoseli.Com

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक ठहरै, बनेपा तनावग्रस्त

 

ट्रिपरको ठक्करबाट सोमबार बनेपास्थित चारदोबाटोमा मोटरसाइकल चालक ठहरै भएका छन् । दुर्घटनामा नमोबुद्ध नगरपालिका( ४, खनालथोकका ४८ वर्षीय जितबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनापछि बनेपा बजार तनावग्रस्त भएको छ । आक्रोशित स्थानीयवासीले ट्रिपरमाथि आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाए अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ गुडिरहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रिपर र चालकलार्इ इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि प्रशासनले ‘टाइम कार्ड’ लागू गरे पनि ट्रिपर–आतंक अझै कायम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर