newskoseli.Com

‘हर्बल गार्डेन’ बनाउँदै लायन्स स्टार्स

 

लायन्स क्बल अफ बुटवल स्टार्सले देवदह– ७, रुपन्देही, सितलनगरमा देशकै नमूना जडीबुटी बगैंचा (हर्बल गार्डेन) बनाउने भएको छ ।

यसै अभियानको प्रारम्भिक चरणका रुपमा उक्त क्षेत्रमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ बुटल स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रो सिटी, लायन्स क्लब अफ बुटवल डायनामिक लेडी र लियो क्लब अफ बुटवल स्टार्सको संयुक्त आयोजनामा देवदह स्मृति पार्कमा सोमबार वृक्षरोपण गरिएको हो ।

‘डिस्ट्रिक्ट गर्भनर’ सुनिल ओझाले बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गरे । कार्यक्रमा बोल्दै उनले ‘हर्बल गार्डेन’ राम्रो प्रोजेक्ट भएको र यसले अन्तर्राष्ट्रियजगतमा समेत राम्रो सन्देश जाने बताए । क्लबका अध्यक्ष एमएल पाण्डेले ‘हर्बल गार्डेन’ क्लबको ठूलो प्रोजेक्ट रहेकाले १ वर्ष अगाडिदेखि नै गुरुयोजनाअनुसार लागेको जानकारी दिए ।

कार्यक्रमका संयोजक गोकुल तिवारीले १ वर्ष अगाडि ५ लाख रुपैयाँ बराबरको भैतिक पूर्वाधारमा लगानी भएको र यस वर्ष ८ लाख रुपैयाँ बराबर खर्च भएको बताए । ‘हर्बल गार्डेन’ ले पर्यटक भित्र्याउन मद्धत पुग्ने पूर्व ‘डिस्ट्रिक्ट गर्भनर’ महेन्द्रनाराण श्रेष्ठले बताए ।

‘हर्बल पार्क’ ले गाडी, उद्योगबाट निस्कने धुवाँ–धुलोलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने अर्का पूर्व ‘डिस्ट्रिक्ट गर्भनर’ अरुणप्रताप राणाले बताए ।

‘सिनियर डिस्ट्रिक एड्भाइजर’ द्वय सुरेशरत्न बज्राचार्य र अर्जुनमान सैंजु, एरिया–चिफ एवं मेट्रो सिटीका अध्यक्ष विनोद सुवेदी, डायनामिक लेडी क्लबकी अध्यक्ष शान्ति पाठक (पाण्डे), लियो स्टार्सका कार्यवाहक अध्यक्ष विनोद जयसवाल, देवदह नगरपालिका– ७ का वडा अध्यक्ष पदम थापा, रिजन चेयर पर्सन सुनिलप्रसाद श्रेष्ठ, एरिया को–चिफ आशिषकृष्ण श्रेष्ठ, जोन चेयर पर्सन सन्दिप कसौधनलगायतले कार्यक्रमा बोल्दै यो पार्क जडीबुटी अध्ययन गर्ने केन्द्र बन्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर