newskoseli.Com

डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु, छलफल ‘सहमति नजिक’…

 

डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु भएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको वार्ता सरकारी पक्षको आन्तरिक छलफलपछि पौने २ बजे मात्र सिंहदरबारमा सुरु भएको हो ।

वार्तामा सरकारी पक्षबाट शिक्षा मन्त्रालयका सचिव तथा वार्ता टोलीका संयोजक खगराज बराल, सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी सहभागी छन् । केसी पक्षको टोलीबाट डा. अभिषेक सिंह, डा. जीवन क्षेत्री, अधिवक्ता ओमप्रकाश अर्याल, कानुन व्यवसायी सुरेन्द्र भण्डारी र डा. सुमित पाण्डे वार्तामा सहभागी छन् ।

छलफल समाधानउन्मूख भएको भन्दै डा. केसी पक्षको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहल माग पूरा हुने विश्वास व्यक्त गरेका छन् । डा. केसीको मागका सम्बन्धमा बुधबार बिहान सरकारी वार्ता टोली, विज्ञ र सम्बन्धित सरोकारवालाबीच भएको परामर्शमा आपसी सहमति जुटेको थियो ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार विज्ञहरुसँग गराएको छलफलका आधारमा सरकारी वार्ता समितिले गृहकार्य गरी डा. केसीसँग सहमतिका आधारभूत प्रारुप तयार पारेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर