newskoseli.Com

पहिरोमा पुरिएर ४ को मृत्यु, ११ बेपत्ता…

 

गोसाइँकुण्ड गाँउपालिका– २, टिमुरे, रसुवामा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ भने ११ जना सम्पर्कविहीन छन् । बुधबार राति पहिरो खसेको सो पहिरोमा परी १२ जना घाइते छन् ।

पहिरोमा तीन वटा कन्टेनर समेत पुरिएका छन् । रातिदेखि नै घटनास्थलमा उद्धारकार्य जारी छ । बिहीबार बिहानैदेखि थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताएका छन् ।

मृत्यु हुनेमा श्याम श्रेष्ठ, मंगल तामाङ, विक्रम श्रेष्ठ र रेमश खड्का रहेको बुझिएको छ । सदरमुकामबाट टिमुरे जाने बाटोको २५ किलोमिटर टाढा रहेको घटनास्थलका ठाउँ–ठाउँमा पहिरो खसेकाले जनजीवन संकटपूर्ण बनेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर