काठमाडौंबाट पोखरा हुँदै स्याङजातर्फ जाँदै गरेको यात्रुबाहक बस चितवनको इच्छाकामना गाउँपालिका, चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको छ । बसमा सवार ६ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
शुक्रबार दिउँसो ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाएपछि ना ६ ख २५०६ नम्वरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने यकीन नभएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको चितवनस्थित स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेका २२ यात्रुलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित अस्पताल पुइएको जानकारी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी सुशीलसिंह राठौरले दिएका छन् ।
प्रहरी र स्थानीय बासिन्दा दुर्घटनास्थलमा जुटेर घाइतेको उद्धार गरिरहेका छन् । घाइतेहरुको नामावली आइसकेको छैन ।