newskoseli.Com

विपदका घटना : ४ महिनामा ४ सय ५५ को ज्यान गयो…

 

विपदका घटनाबाट ४ महिनामा मुलुकभर ४ सय ५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा दुर्घटना, बाढी, पहिरो, लेक लाग्ने, चट्याङलगायतका विपद्का घटनाबाट यो संख्याका नागरिकको मृत्यु भएको हो ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार यस अवधिमा डुबेर २ सय ७२, डुंगा पल्टिएर १, आगालागीबाट १०, बाढीबाट २८, पहिरोबाट ४३, वर्षातबाट ७, लेक लागेर १२ र चट्याङबाट ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ सय ९ पुरुष र १ सय ४६ महिला रहेका छन् ।

विपदका घटनामा परी ७२ जना बेपत्ता हुनुका साथै २ हजार २ सय ३० जना घाइते भएका छन् । त्यसैगरी, ३ हजार ७ सय ७५ घर प्रभावित भएका छन् भने २ सय १ गोठमा क्षति पुगेको छ । यो वर्ष विपदबाट मात्र मुलुकमा १ अर्ब ९४ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

गतवर्ष विपदमा परी देशभर ५ सय ९७ जनाको ज्यान गएको थियो, जसमा ३ सय ५७ पुरुष र २ सय ४० महिला थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर