newskoseli.Com

१ महिनाको कैद छल्न २५ वर्ष फरार !

पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट एक महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका बेंसीसहर नगरपालिका– ११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापालाई २०५० मा बहुविवाह मुद्दामा १ हजार रुपैयाँ जरिवाना सहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेस गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको जानकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले दिए ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई पछिल्लो समय तीब्रता दिइएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर