newskoseli.Com

८८ लाख ३९ हजार ठग्ने बस्नेत कर्‍याप्प !

‘कम्बोडिया पठाइदिन्छु’ भनी ८८ लाख ठगी गर्ने एक जनालाई प्रहरीले बुधबार राजधानीबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले शिवसताक्षी नगरपालिका– ९, झापाका २४ वर्षीय सुमन बस्नेतलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना १ लाख रुपैयाँ तलब हुनुका साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई बस्नेतले प्रतिव्यक्ति ३ लाख ५० हजार देखि ६ लाख रुपैयाँसम्मका दरले ८८ लाख ३९ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

बस्नेत माछापोखरीबाट पक्राउ परेको जानकारी महाशाखाका प्रहरी निरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले दिएका छन् । मिक्लाजुङ गाउँपालिका, पाँचथरका कुलबहादुर तामाङलगायतका १९ जनाको उजुरीका आधारमा महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर