newskoseli.Com

फोनमा सोझै गुनासा मन्त्री वर्षमानसँग…

 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

मन्त्री पुनको सचिवालयले जनाए अनुसार जनताका विद्युतसम्बन्धी गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले मन्त्री पुनले पैसा नलाग्ने टेलिफोन नम्बर (टोल फ्री नम्बर) ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ तथा ४२ मा टेलिफोन संवाद गर्ने गरी तयारी गरिएको छ ।

मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण तथा विद्युत विकास विभागलगायतका निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

उपभोक्ता तथा सेवाग्राहीसँग मन्त्री पुनले एक घन्टा प्रत्यक्ष कुराकानी गर्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर