newskoseli.Com

कानुनमा ढकालसहित २ मन्त्री थपिए, साढे ४ बजे सपथ

 

शेरबहादुर तामाङले हालै राजीनामा दिएपछि खालि भएको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल नियुक्त भएका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाल र हालसम्म स्वास्थ्यराज्यमन्त्री रहेकी पदमा अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री नियुक्त गरेकाहुन् ।

बंगलादेशमा एमबीबीएस पढेर फर्केका तथा पढिरहेका नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै विवादमा परेका पूर्वमन्त्री तामाघले पार्टी अध्यक्षद्वयको आन्तरिक निर्देशन अनुरुप राजीनामा दिएपछि कानुन मन्त्रीको पद खालि भएको थियो ।

अर्यालले हालसम्म सम्हाल्दै आएको स्वास्थ्य राज्यमन्त्रीको पदमा भने संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादव नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीको सपथ शुक्रबार साढे ४ बजे हुँदैछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर