newskoseli.Com

यसकारण अस्वीकृत भए दीपकराज जोशी…

 

प्रधान न्यायाधीशमा प्रस्तावित कायमुकायम प्रधान न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबारको बैठकले अस्वीकृत गरेको छ ।

समितिमा रहेका नेकपाका सांसदहरुले प्रस्तुत गरेका जोशी अस्वीकृत हुनुका ५ कारण यसप्रकार छन्–

१. प्रधान न्यायाधीश नियुक्त भएपछि के–कसरी जिम्मेवारी निर्वाह गर्ने भन्नेबारे ठोस कार्ययोजना र अवधारणाा पेस गर्न नसकेको ।

२. सुनुवाईका क्रममा आचरण, इमानदारिता र कार्यक्षमताबारे सोधिएका प्रश्नको प्रस्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको, जन्ममिति समेत फरक–फरक रहेको । जोशीले यसबारे यथेस्ट प्रमाण पेस गर्न नसकेको ।

४. जोशीको सार्वजनिक आचरण र विगतका काम–कारबाहीबारे पूर्वन्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेस गर्न नसकेको ।

५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुन सक्छ भन्ने निश्चित हुन नसकेको ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर