newskoseli.Com

ट्याक्सी नदीमा खस्दा आमा–छोरा बेपत्ता !

 

म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी नदीमा खस्दा शुक्रबार दुई जना बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेलमैदानबाट ध १ ज २५१ नम्बरको ट्याक्सी म्याग्दी नदीमा खस्दा जलजला गाउँपालिका बगरफाँटकी ३० वर्षीया शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अधिकारीले छोरालाई सँगै राखेर ट्याक्सी सिक्ने क्रममा खेलमैदानको डिलबाट ट्याक्सी नदीमा खसेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताएका छन् । बेपत्ता ट्याक्सी र अधिकारी आमा–छोराको खोजीमा प्रहरी तथा स्थानीय वासिन्दा परिचालन भए पनि अझै नभेटिएको प्रहरी नायब उपरीक्षक बुढाले बताए ।

नदीले बगाएको ट्याक्सी बेनी ड्राइभिङ इन्स्टिच्युटको हो । इन्स्टिच्युटका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर