newskoseli.Com

फेरि समातिए विप्लवका दुई नेता

 

नेत्रविक्रम चन्द ‘विप्लव’ जेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनसरी जिल्ला सेक्रेटरीसहित दुई नेतालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।

नेकपा सुनसरीका जिल्ला सेक्रेटरी पुष्प कोइराला र कोशी ब्युरो सदस्य डीबी सिलवाललाई इटहरीबाट गएको प्रहरी टोलीले शुक्रबार दिउँसो हलगडाबाट गिरफ्तार गरेको हो । पक्राउपछि प्रहरीले दुवै जनालाई कसैसँग भेट गर्न दिएको छैन । दुवै नेता डेरामा बसिरहेका बेला गिरफ्तारीमा परेको नेकपा सुनसरीले जनाएको छ ।

प्रहरीले सर्वसाधारणको घरमा अनावश्यक रुपमा छापा मारेर आतंकित तुल्याएको स्थानीयले बताएका छन् । निर्दोष नागरिकको घरमा छापामा मारेर प्रहरीले दुःख दिएको भन्दै स्थानीयले सरकारको चर्को विरोध गरेका छन् । प्रशासनले यस्तो गतिविधि जारी रहे प्रतिवाद गर्ने उनीहरुले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला इन्चार्ज प्रज्वलले शुक्रबार विज्ञप्ति जारी गर्दै नेताद्वयको गिरफ्तारप्रति आपत्ति जनाएका छन् । भ्रष्टाचार, कालोबजारी, महँगी र जनतामाथि भइरहेको चौतर्फी शोषण एवं विभेदविरुद्ध निरन्तर संघर्षमा ररिरहेका बेला जिल्ला सेक्रेटरी कोइराला र ब्युरो सदस्य सिलवाललाई बिनाकारण गिरफ्तार गरेको भन्दै उनले भर्त्सना गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर