newskoseli.Com

गर्भवती स्वास्थ्यचौकी जाँदा १० वटा अण्डा पाउने

म्याङलुङ नगरपालिका– ९ को वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो ।

गर्भजाँच गर्न स्वास्थ्यचौकीमा आउने महिलालाई प्रत्येक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यो कार्यक्रमले गर्भवती महिलालाई नियमित स्वास्थ्यपरीक्षण गराउन र स्वास्थ्यको ख्याल गर्न प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

एक गर्भवतीले अनिवार्य रुपमा चार पटकसम्म गर्भजाँच गराउनुपर्छ । चार पटक गर्भजाँच गराउने गर्भवतीले ४० वटा अण्डा पाउने महिला वडा सदस्य हर्कमाया श्रेष्ठले बताइन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर