newskoseli.Com

कालीगण्डकीमा बढ्यो पानीको बहाव : सचेत रहन सर्वसाधारणमा आग्रह

 

केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।

कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । नदीमा पानी बढेपछि आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छन्

पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले तटीय र नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने गर्छ । धेरै जोखिममा कालीगण्डकी नदी किनारस्थित पर्वतको बारी, बेनी तथा बागलुङको सीमाना मालढुंगाको माझी वस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार छन् ।

पानीको सतह बढेका बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत गराइएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । तटीय क्षेत्र र नदी आसपासमा देखिएका सर्वसाधारणलाई प्रहरीले सचेत गराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर