newskoseli.Com

रहेनन् कांग्रेस सभापति एवं पूर्वसभासद पंगेनी…

 

पूर्वसभासद एवं नेपाली कांग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको निधन भएको छ । अकस्मात स्वास्थ्यमा समस्या आएपछि उपचारार्थ आइतबार बिहान ६ बजे अस्पताल पुर्‍याइएका पंगेनीको उपचारकै क्रममा ६ः३० मा हृदयाघातका कारण निधन भएको हो ।

तीन कार्यकालसम्म नेपाली कांग्रेस स्याङजाको सभापति रहेका पूर्वसभासद पंगेनीको ५६ वर्षको उमेरमा स्याङजास्थित कालिका सामुदायिक अस्पताल हेलुमा निधन भएको नेपाली कांग्रेस स्याङजाका नेता एवं प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले जानकारी दिएका छन् ।

श्रीमती, एक छोरा र एक छोरीका अभिभावक पंगेनीको शवलाई श्रद्धाञ्जलिका लागि आइतबार दिनभर नेपाली कांग्रेस स्याङजाको पार्टी कार्यालयमा राखिने र सोमबार अन्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर