newskoseli.Com

श्रीमद्भागवत गीता : पहिले घरघरमा, त्यसपछि हातहातमा…

 

‘घरघरमा श्रीमद्भागवत गीता पुर्‍याउने’ अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘श्रीमद्भागवत गीता’ र ‘सरल गीता’ विमोचन समारोहमा घरघरमा गीता पुर्‍याइसकेपछि प्रत्येक नेपालीका हातहातमा पुर्‍याउने लक्ष्य समेत सार्वजनिक गरियो ।

कार्यक्रममा पशुपतिनाथका मूल भट्ट रावलगणेश भट्टले नेदरल्याण्ड र अमेरिकाजस्ता देशमा कक्षा ५ देखि गीता अध्ययन–अध्यापन भए पनि नेपाल र भारतजस्ता वैदिक ज्ञानको उत्पत्ति भएका देशमा नपढाइनु दुःखद् रहेको बताए । सांसद हृदयेश त्रिपाठीले सभ्यतामा परिवर्तन भए आस्था नरहने भएकाले वैदिक सनातन परम्पराको जगेर्ना हुनुपर्नेमा जोड दिए ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले प्रत्येक देशको नेतृत्वका ५ जना र विश्वका १ हजार नेतृत्ववर्गलाई गीता अध्ययन गराइए विश्वशान्ति स्थापना हुने विचार व्यक्त गरे । कार्यक्रममा भारतीय राजदूतावासका मिसन उपप्रमुख डा. अजय कुमार, नेपाल मारवाडी राष्ट्रिय परिषदका अध्यक्ष पवन मित्तल, चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेल, गीता प्रेसका प्रधान सम्पादक डा. लालमणि तिवारी, गीता प्रेस सेवा केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडालगायतले विश्वमै बढी भाषामा अनुवाद भएको र धेरै बिक्रीको अभिलेख रहेको गीता नेपालीको हातहातमा पुर्‍याइनु पर्नेमा जोड दिए ।

गीता प्रेसले पहिलो पटक नेपालीमा अनुवाद गरेको ३ सय पृष्ठको पुस्तको मूल्य २९ रुपैयाँ छ । पुस्तकलाई आचार्य लक्ष्मण भण्डारीले अनुवाद गरेका हुन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर