newskoseli.Com

श्रीमतीको हत्या गरी श्रीमान् जेलमा, ६ सन्तानको बिचल्ली

 

एक वर्षअघि श्रीमतीको हत्या गरी इलाका प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका मोहम्मद अस्ताव बेडुवाका सन्तानको बिचल्ली भएको छ ।

कोहलपुर नगरपालिका– ४, बेलनपुरका २९ वर्षीय बेडुवाले २०७३ असारमा २७ वर्षीया श्रीमती फल्सुनदेवीको हत्या गरेर सजाय भुक्तानका लागि कारागारमा रहेकाले उनका ६ जना छोराछोरी बिचल्लीमा परेका हुन् । ‘झारफुक गर्न जाउँ’ भन्दै श्रीमतीलाई ३ किलोमिटर टाढा बाटोमा लगेर उनले हत्या गरेका थिए ।

त्यसपछि टुहुराजस्तै बनेका ती ६ बालबालिका जहाँ जान्छन्, त्यहीँ खान्छन्– कसैले मतलव गर्दैनन् । अलि ठूलो भएको जेठा छोराले पनि मागेरै गुजारा चलाउँदै आएको बेडुवाकी भाइबुहारी आसरा खानले बताइन् ।

‘गरिबीका कारण आफ्नै ज्यान त पाल्न गाह्रो छ तर पनि हामी जे खान्छौं, उनीहरूलाई त्यही खुवाउँछौं,’ आसराले भनिन्– ‘बालबच्चालाई कसैले सहयोग गरे उनीहरुको भविष्य उज्वल हुने थियो । स–साना बच्चा छन्, कहिलेकाँही पढ्न जान्छन् तर प्रायः मागेरै छाक टार्दै हिँड्ने गर्छन् ।’

‘अरुको घरमा काम गरेर बालबच्चा र आफ्नो छाक टार्ने गरेकी छु,’ बेडवाकी आमा सुन्दरीया खानले भनिन्– ‘छोरो कारागारमा बसेपछि उसका सन्तानलाई समस्या भएको छ, कसैले वास्ता नगरेकाले तिनले छाक टार्नकै लागि छिमेकीका गाईगोरु चराएर गुजारा चलाउने गरेका छन् ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर