newskoseli.Com

बाघले लग्यो घाँस काट्न गएकी सुशीलालाई…

फाइल तस्बिर

 

भरतपुर महानगरपालिका– २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई सोमबार बिहान बाघले लगेको छ । स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले बताएका छन् ।

उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोस भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको र अर्का एक जनाले भागेर ज्यान जोगाएको बताइएको छ । । पाठकका अनुसार घटनास्थल नजिक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे यकिन पत्ता लाग्न बाँकी नै छ ।

बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले सो क्षेत्रमा हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली परिचालन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो नै पहिलो घटना हो । अघिल्लो वर्ष बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर