newskoseli.Com

चिकित्सा शिक्षा तथा सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत

 

प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि गृहमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले प्रस्तुत गरेको लेखापरीक्षण विधेयक, २०७५ र बीमा विधेयक, २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सदनले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

यसअघि सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सांसदको नाम तथा हेरफेरलाई सभाले अनुमोदन गरेको थियो । बैठकमा सभामुख महराले वर्तमान मन्त्रिपरिषदको पछिल्लो विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन २७ गते अपराह्न १ बजे बस्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर