newskoseli.Com

प्रहरी ‘इन्काउन्टर’ मा मारिए २ अपहरणकारी, तैपनि जोगिएनन् ११ वर्षीय अपहरित बालक…

 

आइतबार साँझपख अपहरित एक ११ वर्षीय बालकको खोजीका क्रममा प्रहरी र अपहरणकारीबीच ‘दोहोरो मुठभेड’ (इन्काउन्टर) हुँदा २ जना अपहरणकारीले ठाउँका ठाउँ ज्यान गुमाएका छन् ।

यद्यपि अपहरणकारीले अपहरित ११ वर्षीय निशान खड्काको हत्या गरेको, उनको ज्यान जोगाउन भने नसकिएको जानकारी प्राप्त भएको छ ।

भक्तपुरस्थित डोलेश्वरमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली चलाउँदा अपहरणकारी अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको छ । जंगलमा दोहोरो भिडन्तका क्रममा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेले जनाएका छन् ।

घटनास्थलबाट १ पेस्तोल, २ राउन्ड गोली र बालकको परिवारलाई धम्क्याउन अपहरणकारीले प्रयोग गरेको मोबाइल बरामद भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जनाएका छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर