newskoseli.Com

मृत अवस्थामा भेटिए नयाँ शक्तिका नेता, बेलुका खाजा खाँदा हानाहान…

फाइल तस्बिर

 

नयाँ शक्ति पार्टीका जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टोलीले जुगाडखोलाको किनारामा मोटरसाइकलको मधुरो प्रकाश देखेपछि खोजतलासका क्रममा खोलामा बुढथापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश केसीले जानकारी दिएका हुन् ।

‘आइतबार बेलुकातिर जुम्लाको सनलाइट होटलमा बुढथापा खाजा खान गएका बखत एङ्गल लामासँग खाजा खाएको, तस्बिर खिँचेको र गीत गाएको भेटियो’– उनले भने । होटल साहु खड्गजीत रोकायाको भनाइ उद्धृत गर्दै खाजा खाने क्रममा भएको विवादले दुवैबीच हानाहान भएको र दुवैलाई छुट्टाएर एङ्गल लामालाई उनको घरमा पुर्‍याएर फर्कंदा बुढथापा त्यहाँ नरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

घटनाका सम्बन्धमा सोधपुछका लागि होटल साहु रोकाया र लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बुढथापाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर