newskoseli.Com

‘बाजेको लौरी’, ‘नथिया’ र ‘ऐलानी’ का शब्दप्रति मानअधिकार आयोगको ध्यानाकर्षण

 

वादी समुदायको आत्मसम्मानप्रति संवदनशील हुन राष्ट्रिय मानवअधिकार आयोगले सरकार, सर्जकहरु तथा सम्बद्ध पक्षमा आग्रह गरेको छ ।

आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति जारी गर्दै वादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानवअधिकारको निर्वाध उपभोगको प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण गरेकी हुन् । राष्ट्रिय वादी परिषदका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र प्राप्त भएसँगै आयोगले विज्ञप्ति जारी गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘हालै निर्माण भएको चलचित्र ‘पण्डित बाजेको लौरी’ र उपन्यास कृति ‘नथिया’ र ‘ऐलानी’ मा ठाउँ–ठाउँमा प्रयोग भएका शब्द र सन्दर्भहरुले वादी समुदाय र त्यस समुदायका महिलाहरुको आत्मसम्मानमा ठेस पुगेको र त्यसबाट सो समुदायको मानवअधिकारको उल्लङ्घन हुन गएको छ ।’

चलचित्र निर्माता तथा सम्बन्धित उपन्यासकारहरुलाई ध्यानाकर्षणपत्रको प्रतिलिपिसहित वादी समुदायप्रतिको उनीहरुको धारणा समेत आयोगले माग गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तमार्फत नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत सो सम्बन्धमा जानकारी माग गरिएकोे छ ।

नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २४ (३) मा छुवाछुत तथा जातीय विभेदविरुद्धको हकको व्यवस्था रहेको एवम् मुलुकी ऐन, अदलको महल १० (क) ले गरेको कसैलाई धर्म, वर्ण वा कामका आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार र बहिष्कार वा निषेध गर्न नपाउने व्यवस्थाप्रति गम्भीर रहन समेत राष्ट्रिय मानवअधिकार आयोगले सचेत गराएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर